१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्वयुवराज्ञी शाहद्धारा प्यूरिफाइ बोतल वितरण


0
Shares

जनकपुर, असोज ४ । पूर्वयुवराज्ञी हिमानी शाहले जनकपुरधामस्थित एक विद्यालयका छात्राहरुलाई खानेपानी शुद्ध गर्ने प्यूरिफाइ बोतल वितरण गर्नुभएको छ ।

उहाँले जनकपुरधामस्थित श्री सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई हिमानी ट्रष्टमार्फत पानी शुद्ध गर्ने प्यूरिफाइ बोतल प्रदान गर्नुभएको हो ।

कार्यक्रममा ट्रष्टका उत्तम निरौलाले आफ्नो संस्थाले सामाजिक विकासका लागि विभिन्न पाँचवटा क्षेत्रमा काम गरिरहेको बताउँदै ट्रष्टले अब मिथिला क्षेत्रको शैक्षिक विकासमा टेवा पुर्‍याउन सानो प्रयास शुरु गरिएको बताउनुभयो ।