
काठमाडौं, असोज ४ । तीन दिनको विदा पछि सोमबार खुलेको शेयर बजारमा पहिरो जाने क्रम जारी रह्यो ।
नेप्से एकैदिन ३ प्रतिशत बढी अर्थात् १ सय १४ अंकले झरेर २६ सय ९८ मा आएर थामियो ।
जीवन बीमा समूहमा सबैभन्दा उच्च ८ सय अंकको पहिरो गयो । निर्जीबन बीमा समूहमा पनि ६ सय ंअंक बढीको गिरावट आयो ।
विकास बैंक समूहमा ३ सय अंक माथि र वित्त र जलविद्युत समूहमा पनि २ सय अंक माथिको गिरावट आयो ।
व्यापार र होटल तथा पर्यटन समूह पनि डेढ सय अंकले झर्दा अरु पनि अधिकांश समूहमा पनि दोहोरो अंकको कमी आयो ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २५ कम्पनीको १ करोड ७३ लाख कित्ता शेयर ८ अर्ब ४९ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्