८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


गायक रामकृष्ण ढकाल र निलम शाहले गरे सम्बन्धबिच्छेद


0
Shares

काठमाडौं, पुस ९ । गायक रामकृष्ण ढकाल र उनकी पत्नी निलम शाहले सम्बन्धबिच्छेद गरेका छन् । उनीहरूले बुधबार जिल्ला अदालत काठमाडौंबाट सम्बन्ध विच्छेद गरेका हुन् ।

अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले ईमेजखबरसँग ढकाल दम्पत्तिले आज (बुधबार) सम्बन्ध बिच्छेद गरेको पुष्टि गरे ।

ढकाल दम्पतीले मंगलबार जिल्ला अदालत काठमाडौंमा सम्बन्धबिच्छेदका लागि मुद्दा दर्ता गराएका थिए ।

शाहले ढकालबाट कुनैपनि प्रकारको अंश तथा मानाचामल नलिने र छोरी भने आफैले राख्ने गरी सम्बन्धबिच्छेद गरेका हुन् ।

यद्यपि, छोरीको शिक्षा र स्वास्थ्यको जिम्मेवारी भने दुबैजनाले संयुक्तरुपमा गर्ने सहमति गरेका छन् ।

आज दुबैजनाले अदालतमा उपस्थित भएर निवेदन दिएपछि न्यायाधीश विदुर कोइरालाले मिलापत्रका आधारमा सम्बन्धबिच्छेद गराएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले ईमेजखबरलाई जानकारी दिए ।