
तस्विर फाइल
काठमाडौं, असोज ६ । रुपा सुनारमाथि जातीय विभेद गर्ने घरबेटी सरस्वती प्रधानलाई १ लाख १५ हजार धरौटी तिर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
सञ्चारकर्मी रूपा सुनारमाथि जातीय विभेद गर्ने घरबेटी सरस्वती प्रधानलाई जिल्ला अदालत काठमाडौंले १ लाख १५ हजार रूपैयाँ धरौटी तिर्न आदेश दिएको छ ।
न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले उनलाई धरौटी तिर्न आदेश दिएको हो ।
बुधबार थुनछेक बहस पछि घरबेटी प्रधानलाई धरौटी तिर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको हो ।
गत असार १ गते कोठा हेर्न गएकी सुनारले आफू कामीकी छोरी भएको बताएपछि घरबेटी प्रधानले कोठा दिन अस्वीकार गरेकी थिईन् ।
घरबेटी प्रधानबाट आफूमाथि जातीय विभेद भएको भन्दै सुनारले मुद्दा दर्ता गराएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्