
काठमाडौं, असोज ७ । पछिल्लो २४ घण्टामा देशभर १२ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् ।
१५ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९४१ र एन्टिजेन विधिबाट २९८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १३ सय २४ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै, थप १३ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७२ पुगेको छ ।
यस्तै काठमाडौं उपत्यकामा ४०४ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा २४५, ललितपुरमा १०७ र भक्तपुरमा ५२ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हाल देशभर २० हजार ७४३ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्