
काभ्रे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एजेण्डा मिल्नेसँग एकताका लागि प्रयास भइरहेको बताउनुभएको छ ।
काभ्रेमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एकताका लागि विप्लव, मोहनविक्रम, बाबुराम, मोहन वैद्य लगायतसँग संवाद भइरहेको बताउनुभयो ।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी गठन गर्न पनि आफूहरूको हात रहेको बताउँदै उहाँले नेपालको साथ छोडेका नेता एमालेमा धेरै समय नबस्ने जिकीर गर्नुभयो ।
माओवादी पार्टी र यसको मुल नेतृत्वलाई कमजोर पार्न ठूलो लगानी भइरहेको भन्दै अध्यक्ष दाहालले यसलाई परास्त गर्न माओवादी रूपान्तरण हुन आवश्यक रहेको बताउनुभयो ।
बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा जस्तोसुकै त्याग गरेर भएपनि गठबन्धन नटुटाउने संकल्प गरेको उहाँको भनाई छ । एमाले अध्यक्ष ओली कम्युनिष्ट आन्दोलनबाट भागेको भन्दै उहाँले ओलीलाई भगौडाको संज्ञा दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्