२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत


0
Shares

काठमाडौं, असोज ८ । राष्ट्रियसभाले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाबाट पारित भई सन्देशसहित राष्ट्रियसभामा पठाइएको आर्थिक विधेयक तथा राष्ट्र ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भनी अर्थमन्त्री जनार्दन शर्माले राखेको प्रस्ताव राष्ट्रियसभाको बहुमतले स्वीकृत गरेको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दुवै विधेयकमाथिको छलफलका लागि सोमबारको समय निर्धारण गर्नुभएको छ । असोज ११ गते सोमबार बिहान ११ बजेसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित गरिएको छ ।

नेकपा एमालेका राष्ट्रियसभा सदस्यहरूले भने आसनमा उठेर विरोध जनाएका थिए । एमाले फुटाउन भूमिका खेलेको र आफ्ना १४ सांसदलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कारबाही नगरेको भन्दै एमाले सांसदले संघीय संसद्का दुवै सदनमा निरन्तर विरोध गरिरहेका छन् ।