
काठमाडौं, असोज ८ । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट १० हजार ५७५ जना र एन्टिजेनबाट ५११५ जना गरि जम्मा १५ हजार ६९० जनाको कोरोना परीक्षण गर्दा १४ सय ७६ संक्रमित थपिएका हुन् ।
त्यस्तै, गत २४ घण्टामा १५ सय ५० संक्रमित संक्रमणमुक्त भएका छन् ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ८१ जनाको मृत्यु भएको छ ।
हाल २० हजार २८७ सक्रिय संक्रमित छन् ।
गत २४ घण्टामा काठमाडौं उपत्यकामा ३६४ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका २५६ , ललितपुरका ७३ र भक्तपुरमा ३५ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रतिक्रिया दिनुहोस्