८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


एनआरएनएको अध्यक्ष पदमा कूल आचार्यको पनि उम्मेदवारी घोषणा


0
Shares

काठमाडौं, असोज १० । गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्व उपाध्यक्ष कूल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ ।

आइतबार एक कार्यक्रममा आचार्यले औंपचारिक रुपमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो । एनआरएनएलाई थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउन आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको पनि उहाँले बताउनुभयो ।

एनआरएनएको दशौं विश्व सम्मेलन आगामी अक्टोबरको २३–२५ मा काठमाडौंमा हुँदैछ ।

आचार्यले आफू अध्यक्षमा निर्वाचित भएमा कोभिडका कारण रोजगारी गुमाएर फर्किएका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ सुरु गर्ने, विदेशमा हुर्किरहेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाईल एप निर्माण गर्न अनलाइन कक्षाहरु संचालन गर्ने, एनआरएन खेल प्रतिभाहरुको विकासमा सघाउन ‘एनआरएनए खेलकुद प्रतिष्ठान’ स्थापना गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

उहाँले एनआरएन तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसँग सम्झौंता गर्ने आश्वासन समेत दिनुभयो ।