२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेपालमा गुलाब चक्रवातको प्रभाव पर्ने, अझै केही दिन वर्षा


13
Shares

काठमाडौं, असोज १० । हिन्द महासागरबाट शुरु भएको चक्रवात गुलाबको प्रभाव नेपालमा सोमबारदेखि पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस वर्षको मनसुन सकिन केही दिन बाँकी रहेका बेला नेपालमा गुलाब चक्रवात आउन लागेको हो । गुलाबको प्रभावले नेपालमा दुई–तीन दिनमा हल्कादेखि मध्यम बर्षाको संभावना रहेको छ । महाशाखाले यो बर्षकोे मनसुन अन्तिमतिर आएकाले केही स्थानमा ठूलो पानी पर्न सक्ने भन्दै सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

हाल नेपालमा भारतको मध्यप्रदेश तथा उत्तरप्रदेश आसपास अवस्थित न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको मौसमविज्ञान विभागले जनाएको छ ।