
स्याङ्जा, असोज १० । स्याङ्जामा करिब पाँच महिनादेखि जारी निषेधाज्ञा आइतबारबाट हटेको छ ।
कोरोना संक्रमणदर बढ्दै गएपछि स्याङ्जामा गत बैशाख २१ गतेबाट जारी निषेधाज्ञा आइतबारबाट हटेको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो ।
कोरोनाको संक्रमणको दर घट्दै गएपनि यो पूर्ण रुपमा नियन्त्रणमा आइनसकेको र संक्रमणको जोखिम कायम नै रहेको भन्दै प्रशासनले आफ्नो पेशा व्यवसाय सञ्चालन गर्दा सरकारले तोकेका जनस्वास्थ्य मापदण्डहरु पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ ।
पछिल्ला दिनहरुमा कोरोनाको संक्रमणको दर न्यून हुँदै गएको तथा जिल्लाको जनजिवन समेत सामान्य बन्दै गएकोमा जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार निषेधाज्ञा हटाएको प्रमुख जिल्ला अधिकारी नेपालले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्