१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खेत जोत्ने क्रममा कहाँरको मृत्यु


0
Shares

कपिलवस्तु, असोज ११ । ट्रक्टरले खेत जोत्ने क्रममा कपिलवस्तु एक युवकको मृत्यु भएको छ ।
ट्रक्टरले खेत जोत्ने क्रममा कपिलवस्तुको महाराजगंज नगरपालिका ६ छोटकी बुटहानियामा २२ वर्षिया दिलिप कहाँरको मृत्यु भएको हो ।

लु४त ७९२१ नम्बरको ट्रक्टरले खेत जोत्ने क्रममा रूटावेटरभित्र पर्दा घटनास्थलमै कहाँरको मृत्यु भएको ईप्रका कृष्णनगर प्रहरी निरिक्षक सुखदेव पौडेलले जानकारी दिनुभएको हो ।

शव पोष्टमर्टमका लागि शिवराज अस्पताल बहादुरगंज पठाएको छ ।

ट्रक्टर चालकको खाजी भइरहेको प्रहरीले जनाएको छ ।