१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


थपिए १२ सय ८२ संक्रमित, ७ जनाको मृत्यु


0
Shares

काठमाडौ, असोज ११ । नेपालमा पछिल्लो २४ घण्टामा १२ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ८१ पीसीआर तथा ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा १२ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको छ ।

सोमबार १ हजार २६२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर १८ हजार ८४८ सक्रिय संक्रमित रहेका छन् ।