८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


लुम्बिनीमा दुई वर्षपछि मनाइयो विश्व पर्यटन दिवस


0
Shares

भैरहवा, असोज ११ । बुद्ध जन्मस्थल लुम्बिनीमा दुई वर्षपछि स्वदेशी तथा भारतीय पर्यटकको उपस्थितिमा विश्व पर्यटन दिवस मनाइएको छ ।

कोरोना महामारीका कारण दुई वर्षसम्म सामान्य औपचारिक कार्यक्रम गर्दै आइएकोमा यस पटक भने विभिन्न कार्यक्रम गरेर पर्यटन दिवस मनाइएको हो ।

विश्व शान्तिको मुहान लुम्बिनीमा ‘समावेशी विकासका लागि पर्यटन’ भन्ने नाराका साथ दिवस मनाइएको हो । लुम्बिनी विकास कोषको आयोजना तथा लुम्बिनी होटल संघ नेपाल, लुम्बिनी पर्यटन व्यवसायी संघ लगायतका संघसस्थाको आयोजनामा पर्यटन दिवस मनाइएको हो ।

यस वर्ष पर्यटन दिवस संक्षिप्त कार्यक्रम गरी मनाइएको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताउनुभयो ।

कार्यक्रममा कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले अझै करिब एक वर्षसम्म विदेशी पर्यटक अपेक्षित रुपमा आउन नसक्ने अवस्था रहेकाले आन्तरिक पर्यटनलाई पहिलो प्राथमिकता दिनु पर्नेमा जोड दिनुभयो ।