
काठमाडौं, असोज ११ । नेपाली कांग्रेसले विभिन्न २१ वटा हिमाली जिल्लामा असोज १८ गते जिल्ला अधिवेशन गर्ने भएको छ ।
केन्द्रीय निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरी क्रियाशील सदस्यता विवाद नरहेका र हिउँ पर्ने तथा अत्याधिक चिसो हुने २१ हिमाली जिल्लामा अधिवेशन गर्ने निर्णय गरेको हो ।
यसअघि नेपाली कांग्रेस पदाधिकारी बैठकले हिमाली जिल्लाको जिल्ला अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको थियो ।
पदाधिकारी र निर्वाचन समितिले निर्णय गरेपनि केही हिमाली जिल्लामा अधmै वडा अधिवेशन हुन सकेको छैन् ।
जिल्ला अधिवेशनको लागि वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन हुनुपर्छ । धेरै जिल्लामा भने वडा र पालिका अधिवेशन सम्पन्न भईसकेको छ ।
प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रको क्षेत्रीय अधिवेशनको तयारी भईरहेको छ । हालसम्म नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत ६४ जिल्लामा वडा अधिवेशन र करिब ६० जिल्लामा पालिका अधिवेशन सम्पन्न भईसकेको छ ।
प्रतिक्रिया दिनुहोस्