
काठमाडौं, असोज १२ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रपतिसमक्ष लिएको सपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता विशाल न्यौपानेले कुनै पनि कानुन निर्माण नगरी परराष्ट्रमन्त्री खड्काले लिएको शपथ असंवैधानिक भएको जिकिर गर्दै रिट दायर गर्नुभएको हो ।
पराराष्ट्रमन्त्री खड्काले संविधानको धारा ८० बमोजिम सपथ लिएको भन्दै उक्त धारामा रहेको संघीय कानुन बमोजिम भन्ने व्यवस्थालाई पालना नगरिएको रिटमा उल्लेख गरिएको छ ।
रिट निवेदनमा कुनैपनि कानुनी व्यवस्था नगरी पद तथा गोपनीयताको शपथ गराइएको भन्दै गैरसंवैधानिक शपथ बदर गरी शपथसम्बन्धी कानुन निर्माण गरी सोही बमोजिम शपथ ग्रहणका लागि आदेश माग गरिएको छ । यस रिटमा बुधबारका लागि पेशी तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्