१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


साना मिडियालाई सरकारले निःशुल्क इन्टरनेट दिनुपर्छ : काउन्सिल अध्यक्ष बस्नेत


0
Shares

काठमाडौं, असोज १२ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले साना लगानीका मिडियालाई सरकारले निःशुल्क इन्टरनेटको व्यवस्था गरिदिनुपर्ने बताउनुभएको छ ।

मंगलबार नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै काउन्सिल अध्यक्ष बस्नेतले राज्यले सञ्चार माध्यमलाई सञ्चार प्रविधिमा सहुलियत दिनुपर्ने बताउनुभएको हो ।

उहाँले साना लगानीका मिडियालाई बचाउनका लागि राज्यले निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

अध्यक्ष बस्नेतले अनलाइन, युट्युव जस्ता नयाँ मिडियालाई अधिकतम उपयोग गर्न र जनताको पक्षमा सूचना प्रवाह गर्नतर्फ ध्यान केन्द्रीत हुनुपर्ने बताउनुभयो ।