२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


अर्जुन लामा हत्या आरोप खेपिरहेका सभामुख सापकोटाको मुद्दा संवैधानिक इजलाशमा, पेशीमै रहँला कि होला सुनुवाई ?


0
Shares

काठमाडौं । काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप खेपिरहेका सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

सापकोटामाथि लामालाई अपहरण गरी हत्या गरेको आरोप लागेको छ । माओवादी सशस्त्र द्वन्द्वका समयमा सापकोटाको प्रत्यक्ष निर्देशनमा लामाको हत्या गरेको भन्दै किटानी जाहेरी परेको मुद्दा पटक–पटक पेशी चढ्दै आए पनि सुनुवाई हुन सकेको छैन ।

संवैधानिक इजलाशमा सापकोटाविरुद्धको उक्त मुद्दाको सुनुवाईका लागि पहिलो नम्बरकै पेशी तोकिएको त छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा नेतृत्वको संवैधानिक इजलाशमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा हुनुुहन्छ ।

माओवादी द्वन्द्वका समयमा काभ्रेका अर्जुन लामाको सापकोटाको प्रत्यक्ष संलग्नतामा अपहरण र त्यसपछि हत्या गरिएको भन्दै लामाकी पत्नी पूर्णिमाया लामा, मानवअधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ २०६८ सालमा अदालतमा मुद्दा दायर गरेका थिए ।

मुद्दा दर्ता भएको दश वर्षसम्म पनि सुनुवाई नगरिएको मुद्दाको आज पनि पेशीमा भने चढेको हो । उक्त मुद्दामा तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलाशले भने संवैधानिक इजलाशमा पठाएको थियो ।