
File: pic, Reuters
एजेन्सी । फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने भएका छन् ।
६४ वर्षीय पूर्व विदेशमन्त्री फुमिओ किशिडा जापानका आगामी प्रधानमन्त्री बन्ने निश्चित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सत्तारुढ पार्टी लिबरल डेमोक्र्याटिक पार्र्टीको हिजो भएको आन्तरिक निर्वाचनमा जित हासिल गरेसँगै किशिडा दलको प्रमुख नेता बन्नुभएको छ ।
दुई चरणमा सम्पन्न निर्वाचनमा किशिडाले खोपमन्त्री तारो कोनोलाई पराजित गर्नुभएको हो । निर्वाचनमा किशिडाले २५७ मत र कोनोले १७० मत पाउनुभएको थियो ।
जापानको संसद्को दुवै सदनमा एलडीपी पार्टीको बहुमत छ । अब किशिडाले जापानमा आगामी नोभेम्बरमा हुने आम निर्वाचनमा पार्टीको नेतृत्व गर्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्