२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नागरिकको जीवन रक्षा गर्नु सरकारले पहिलो प्राथमिकता : गृहमन्त्री खाँण


0
Shares

काठमाडौं, असोज १३ । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जीवन रक्षा गर्ने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।

गृहमन्त्री खाँणले बुधबार ठमेल पर्यटन व्यवसायीहरुसँगको छलफलमा कोरोना (कोभिड–१९) को संक्रमणले मृत्यु भएको भनेर सरकारले खोपलगायतका व्यवस्थालाई चुस्त बनाएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले पर्यटन व्यवसायलाई सहज ढंगले संचालन गर्ने वातावरण बनाउन सरकारले पर्यटन व्यवसायीहरुलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभयो ।

गृहमन्त्री खाँणले ठमेललगायतका पर्यटन व्यवसायीहरुको व्यवसाय सहज ढंगले संचालनका लागि सरकारले गम्भीरतापूर्वक छलफल गरिरहेको पनि बताउनुभयो ।

छलफलमा पर्यटन व्यवसायीहरुले पर्यटन व्यवसाय पूर्णरुपमा संचालनका लागि आवश्यक व्यवस्था मिलाउन गृहमन्त्री खाँणको ध्यानाकर्षण गराएका थिए ।

उनीहरुले कोरोनाले थलापरेको पर्यटन व्यवसायलाई माथि उठाउन सरकारले आवश्यक वातावरण बनाउन ढिलाई गर्न नहुनेमा पनि जोड दिएका थिए ।