४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


एमालेको विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा


0
Shares

काठमाडौं, असोज १४ । नेकपा एमालेको असोज १५ गते शुक्रबारबाट शुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी सकिएको छ ।

बिहीबार नेकपा एमाले विधान महाधिवेशन मुल समारोह समितिले पत्रकार सम्मेलन गर्दै पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा पार्टीका मिडिया संयोजक खिमलाल भट्टराईले शुक्रबार पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पहिलो राष्ट्रिय विधान महाधिवेशनको उद्घाटन गर्ने जानकारी दिनुभयो ।

उहाँले उद्घाटनपछि तीनवटा प्रश्ताव पेस गर्ने र दोस्रो दिन (असोज १६ गते) समूहगत छलफल गरिने कार्यक्रम रहेको बताउनुभयो । उहाँले विधान महाधिवेशनमा देशभरबाट बरिव ६ हजार प्रतिनिधि सहभागी बन्ने बताउनुभयो ।