१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


धनकुटामा चाडपर्व लक्षित बजार अनुगम


0
Shares

धनकुटा, असोज १५ । दसैं तिहार नजिकीएसँगै धनकुटामा चाडपर्व लक्षित बजार अनुगम थालिएको छ ।

जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय, उद्योग वाणिज्य संघ र उपभोक्त अधिकारवादी संघ संस्थाले संयुक्त रुपमा बजार अनुगमन सुरु गरेका हुन् ।

दसैं तिहारको बेला हुने कालोबजारी, अखाद्य वस्तुको खरिद बिक्री लाई नियन्त्रण गर्न बजार अनुगमन थालेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाले जनाएको छ ।

अनुगमनका क्रममा फेला परेका अखाद्य वस्तुलाई नष्ट गरिएको र व्यापारीहरुलाई अखाद्य वस्तु बिक्री वितरण नर्गन सचेत गराइको समेत खाद्य निरीक्षक सुशील कोइरालले जानकारी दिनुभयो ।