१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जापानकी राजकुमारी माकोले प्रमीसँग विवाह गर्ने


0
Shares

एजेन्सी । जापानकी राजकुमारी माकोले यहि अक्टोबर २६ मा आफ्ना प्रेमीसँग विवाह गर्ने भएकी छन् ।

राजकुमारी माकोले तीन वर्षअघि नै राजपरिवारको सदस्यता त्याग्दै सर्वसाधारण सरहका व्यक्ति केइ कोमुरोसँग विवाह गर्ने बताएकी थिइन् । तर विभिन्न कारणले उनीहरूको विवाह सर्दै आएको थियो ।

राजपरिवार बाहिरका कोमुरोसँग माकोको विवाह गर्ने उनको यो निर्णयसँगैै माकोले राजकुमारीको उपाधि त्याग्नु पर्ने हुन्छ । सिएनएनका अनुसार कोमुरो अमेरिकाको न्युयोर्कका वकिल हुन, माको र कोमुरो बिहेपछि अमेरिका नै सर्ने पनि बताइएको छ ।

राजकुमारी माको पूर्वराजा अकिहितोकी नातिनी तथा राजकुमार फुमिहितोकी जेठो सन्तान हुन् । विद्यावारिधि गरिरहेकी उनी संग्रहालय अनुसन्धानकर्ताको रूपमा काम पनि गर्दैछिन्