१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


सल्यानमा जीपको ठक्करबाट दुई जनाको मृत्यु, तीन घाइते


0
Shares

काठमाडौं, असोज १५ । सल्यानमा जीपको ठक्करबाट घाइते भएका पाँच छात्रामध्ये दुईको उपचारका क्रममा मृत्यु भएको छ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा १८ वर्षीया रेखा बुढाथोकी र १८ वर्षीयानै सुनिता नेपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै, घाइतेमध्ये १५ वर्षीया सुशीला नेपालीको दाङमा उपचार सम्भव नभएपछि बाँके रिफर गरिएको पनि जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अन्य घाइते १८ बर्षीया मिना परियार, १८ वर्षीया दीपा बुढाथोकीको उपचार भेरहेको बताइएको छ ।

शुक्रबार विद्यालय जाने क्रममा उनीहरूलाई जीपले ठक्कर दिएको थियो । थारमारेबाट खलंगा तर्फ आउँदै गरेको लु २ च ५७०१ नम्बरको जीपले बिहान दश बजेतिर शारदा नगरपालिका २ स्थित राप्ती राजमार्गको बाङ्गे सल्ला नजिकै सडक छेउको छहारीमा बसेका उनीहरूलाई ठक्कर दिएको बताइएको छ ।