
web pic
चितवन, असोज १७ । चितवनमा इन्टरनेट सेवा पुनः संचालनमा आएको छ ।
पोल भाडा नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरण भरतपुरले तार काट्न थालेपछि हिजोदेखि सेवा अवरुद्ध भएको थियो ।
प्राधिकरणको कदम विरुद्ध आन्दोलित इन्टरनेट सेवाप्रदायक कम्पनीका प्रतिनिधिहरुसँग आज जिल्ला प्रशासन कार्यालय चितवनमा भएको छलफलपछि सेवा सूचारु गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिनुभयो ।
अत्यावश्यक सेवा भएकाले सेवा संचालन गर्ने मौखिक सहमति भएको छ । यसअघि इन्टरनेट सेवा अवरुद्ध हुँदा चितवनका विद्यालय, वैँक वित्तीय, अस्पताल सवै क्षेत्रको सेवा ठप्प भएको थियो । नेपाल टेलिकम र एनसेलका इन्टरनेट भने यथावत् संचालनमा थिए ।
प्रतिक्रिया दिनुहोस्