
काठमाडौं, असाज १७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिमाली जिल्लामा जिल्ला अधिवेशन भइरहेको छ ।
२१ हिमाली जिल्लामध्ये मुस्ताङ, मनाङ, रुकुम र हुम्लाको जिल्ला अधिवेशनको नतिजा सार्वजनिक भइसकेको छ । मुस्ताङको जिल्ला सभापति रोमी गौचन थकाली, रुकुम पूर्वको जिल्ला सभापति केशरमान रोका, मनाङको जिल्ला सभापति शंकर गुरुङ र हुम्लाको जिल्ला सभापतिमा मोहनबिक्रम सिंह निर्वाचित भएका छन् ।
४ जिल्लामा २ जिल्लाको नेतृत्व संस्थापन र २ जिल्लाको नेतृत्व इतर पक्षको पोल्टामा गएको छ । नेपाली कांग्रेसले २१ वटा हिमाली जिल्लामा दशैंअघि जिल्ला अधिवेशन सम्पन्न गरिसक्ने निर्णय गरेको थियो ।
हिमाली जिल्लामा निर्वाचन कार्यतालिका अनुसार जिल्ला अधिवेशन भएपनि कतिपय जिल्लामा भने जिल्ला अधिवेशन सुरु हुन सकेको छैन् ।
हिमाली जिल्ला बाहेक अन्य जिल्लामा भने पालिका अधिवेशन भइरहेको छ ।
पालिका अधिवेशनमा पनि मिश्रित परिणाम आइरहेको छ । क्रियाशील सदस्यता विवादका कारण १३ जिल्लामा अझै वडाअधिवेशन हुन सकेको छैन् । १३ जिल्लामध्ये ५ जिल्लाको क्रियाशील सदस्यको गाँठो अझै फुेकेको छैन ।
८ जिल्लाको क्रियाशील सदस्यको नामावली ढिला गरी सार्वजनिक भएको र ५ जिल्लामा अझै क्रियाशील सदस्यता विवाद रहेकाले यी जिल्लामा दशैंपछि मात्र वडा अधिवेशन हुने भएको छ । भदौ १८ देखि वडाअधिवेशन प्रारम्भ गरेको नेपाली कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशनको मिति तय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्