२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


काठमाडौं महानगरको नेतृत्व चयनका लागि कांग्रेसको मतगणना जारी


0
Shares

काठमाडौं, असोज १७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिका समिति नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना भइरहेको छ ।

महानगरसमितिको नेतृत्व चयनको लागि आइतबार भएको मतदानमा १३ सय ३९ मत खसेको थियो । काठमाडौ महानगरपालिका सभापतिको लागि प्यानलसहित प्रगतिमान रञ्जित र नीलकाजी शाक्य चुनावी प्रतिष्पर्धामा हुनुहुन्थ्यो ।

रञ्जित प्यानललाई सभापति शेरवहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समर्थन रहेको छ भने शाक्य प्यानललाई पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाको समर्थन रहेको छ ।

मुलुकको संघीय राजधानी रहेको काठमाडौ जिल्लामा १ महानगरसहित ११ पालिका रहेका छन् । ११ पालिकामध्ये दक्षिणकाली र किर्तिपुर नगरपालिकाको अधिवेशन हुनसकेको छैन् भने अन्य ९ पालिकाको अधिवेशन सम्पन्न भइसकेको छ ।

चन्द्रागिरी नगरपालिको शनिवार अधिवेशन उद्घाटन भएपनि नेतृत्व चय भएको छैन् । त्यहाँ सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको बताइएको छ । महानगरसहित अन्य ८ पालिकामा भने नेतृत्व चयनको लागि निर्वाचन भएको थियो ।