१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तत्काल सरकारमा नजाने : महन्थ ठाकुर


0
Shares

सप्तरी, असोज १८ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरु तत्काल सरकारमा नजाने प्रष्ट पार्नु भएको छ ।

सोमबार सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारमा सहभागी हुन कुनै अफर नआएको र आफूहरुले पनि माग नगरेको बताउनुभयो । उहाँले आफूहरुले राखेका मुद्दाको सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने बताउनुभयो ।

वरिष्ठ नेता राजेन्द्र महतोले आगामी चुनावमा जनता समाजवादी पार्टीसँग गठबन्धन नगरिने बताउनुभयो । उहाँले जसपाले मधेशलाई विभाजन गर्ने, कमजोर बनाउने र खण्डित गर्ने काम गरेको भन्दै आगामी निर्वाचनमा गठबन्धन गर्न नसकिने बताउनुभयो ।

आफूहरुले एकता चाहे पनि उपेन्द्र यादवलगायतले एकता नचाहेको उहाँको भनाई थियो । उहाँले एकताको नाममा निर्वाचन आयोगमा पुगेर यादवले पार्टी फूटाएकाले चुनावी तालमेल गर्न नसकीने बताउनुभयो ।