३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


१८ महिनापछि बेलहिया नाका खुल्यो


0
Shares

काठमाडौं, असोज १८ । १८ महिनादेखि बन्द रहेको रुपन्देहीस्थित नेपाल–भारत सीमा नाका बेलहिया नाका खुला भएको छ ।

नाका खुला भएसँगै चहलपहल बढेको छ । २०७६ चैत १० गतेदेखि बन्द रहेको नाकाबाट अब गाडी आउन–जान पाउने भएका छन् ।

मन्त्रिपरिषद्को बैठकले नाका खोल्ने निर्णयगरेसंगै नाका खुला गरिएको हो । नाका खुला भएपनि नेपाल आउने यात्री र पर्यटकले स्वास्थ्य मापदण्ड भने पूर्ण रुपमा पालना गर्नुपर्ने जिल्ला प्रसासन कार्यालय रुपन्देहीले जनाएको छ ।

सीमामै सामान्य स्वास्थ्य परीक्षण गरिने र कोभिडको शंका लागेमा एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको जनाईएको छ ।

एन्टिजेनमा पजेटिभ देखिएकालाई पीसीआर परीक्षण गरेर नतिजा अनुसार व्यवस्थापन गर्ने योजना बनाइएको छ । यस्तै भारतबाट नेपाल आउने यात्री र पर्यटकले ७२ घण्टे पीसीआर रिपोर्ट देखाएपछि फाराम भरेर सहजै प्रवेश पाउने व्यवस्था गरिएको छ ।