१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कार्यविधि नबन्दा कर्मचारी घुम्न पठाउने सरकारी निर्णय अलपत्र


13
Shares

काठमाडौं, असोज १८ । नेपालका लागि विदेशी मुद्राको राम्रो आयश्रोत बनेको पर्यटन क्षेत्र कोरोनाका कारण नराम्ररी थलिन पुग्यो ।

अर्बौको नोक्सानी व्यहोरेको यो क्षेत्रलाई उकास्न सरकारले आन्तरिक पर्यटन प्रबद्र्धनमा जोड दिदै आएको छ । जस अनुरुप सरकारी कर्मचारीलाई काज बिदा दिएर हप्ताको दुई दिन घुम्न पठाउने निर्णय पनि गरिएको थियो । तर, अझैपनि कार्यविधिले मुर्तरुप पाउन सकेको छैन । यसमा कतिपय प्राविधिक समस्या समेट्नु पर्ने भएकाले समय लागेको पर्यटन सचिव यादवप्रसाद कोइराला बताउनुहुन्छ ।

लगभग १९ महिनाको सुस्तता पछि कोभिडको खोपको उपलब्धता र संक्रमणमा कमी हुदै गएपछि सरकारले अनअराइभल भिसा, कोभिड भ्याक्सिनेट पर्यटकलाई क्वारेन्टिन बस्न नपर्ने लगायतका निर्णय ग¥यो । यो व्यवस्थासँगै उत्साही बनेका व्यवसायी सरकारले अझ सहज बनाइदिने अपेक्षा गरिरहेका छन् ।

पर्यटन क्षेत्रको गतिशीलतका लागि सरकार आतुर रहेको भन्दै मन्त्रालयले भारत र चीनसँगको सिमा समेत खोलिएको जनाएको छ । सचिव कोइरालाका अनुसार कोभिडको जोखिम कायमै रहेकोले व्यक्ति एक्लै भने आउन पाउने छैन ।

पर्यटन क्षेत्र चलायमान बन्नु भनेको अर्थतन्त्र चलायमान बन्नु हो । यो क्षेत्रलाई पुर्नजिवन प्रदान गर्न नागरिक, व्यवसायी र सरकार सबैको सक्रियता आवश्यक हुन जरुरी देखिन्छ ।