
काठमाडौं, असोज १८ । नेपालका लागी स्विस राजदुत एलिजाबेथ क्यापेलरले उद्योग संगठन मोरङसँग औद्योगिक दक्षजनशक्ती उत्पादनमा सहकार्यको सम्भावना रहेको बताउनुभएको छ ।
संगठनका पदाधिकारी र राजदुत क्यापेलरबिच सोमबार सचिवालयमा भएको भेटघाटमा स्विटजरलैण्ड र नेपाल बिच हुन सक्ने व्यवसायीक तथा ब्यापारीक सम्बन्ध, लगानीको सम्भावनाका साथै संगठनले सञ्चालन गरिरहेको सिप विकास कार्यक्रमका बिषयमा छलफल भएको हो ।
राजदुत क्यापेलरले स्विस सरकारले धेरै पहिले देखि स्थानीय संस्थाहरुसंग यस्तै कार्यक्रमको अपेक्षा गरेको बताउनुभयो ।
संगठनका अध्यक्ष सुयश प्याकुरेलले प्याकुरेलले औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम संगठनको प्राथमिकताको रहेको भन्दै उद्योगलाई चाहिने जनशक्ती उद्योगले नै तयार गर्ने बिषयमा संगठन प्रष्ट रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्