१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाढी पहिरोपीडितको राहतमा कुनै कञ्जुस्याई नगर्न गृहमन्त्री खाँणको निर्देशन


0
Shares

मनाङ, असोज २१ । गृहमन्त्री बालकृष्ण खाँणले मनाङका बाढी पहिरोपीडितको राहतका लागि सरकारले आवश्यक तयारी गरेको बताउनुभयो ।

गत असारमा मनाङमा बाढी पोहिरोले पुर्‍याएको क्षतिको बिहीबार अनुगमन निरीक्षण गर्दै उहाँले राहतमा कुनै कञ्जुस्याई नगर्न निर्देशन दिनुभयो ।

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बाढीले जिल्लामा पुर्‍याएको क्षतिको संरचना र पुनर्निर्माणका बारेमा जानकारी गराउनुभएको थियो ।

गृहमन्त्री खाँणले जिल्लास्थित सुरक्षा निकाय र कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलई थप चुस्त बनाउन निर्देशन पनि दिनुभयो ।

बाढीले सबैभन्दा बढी ताल गाउँमा क्षति पुर्‍याएको थियो । पूर्व श्रमराज्य मन्त्री टेकबहादुर गुरुङले बाढी पहिरो प्रभावित जनताको जीविकोपार्जन र त्यस क्षेत्रको पुनर्निर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो ।