
काठमाडौं, असोज २१ । नेपाली कांग्रेसले यो वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ ।
कोरोनाको जोखिम कायमै रहेको भन्दै हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन गर्ने चियापान यो वर्ष नगर्ने निर्णय कांग्रेसले गरेको छ ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै, ‘कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले खोपको व्यापक प्रबन्ध गरेपश्चात महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन।’
पर्व मनाइरहँदा कोरोनाबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कता अपनाउन कांग्रेसले सबैलाई अपील गरेको छ ।

प्रतिक्रिया दिनुहोस्