१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


काठमाडौं महानगरपालिकामा भोलिदेखि कोरोनाविरुद्धको पहिलो डोज खोप लगाइने (खोप केन्द्रसहित)


0
Shares

काठमाडौं, असोज २१ । काठमाडौं महानगरपालिकामा भोलि (शुक्रबार)देखि कोरोनाविरुद्धको पहिलो डोज खोप दिइने भएको छ ।

काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा रहेका खोप केन्द्रमा खोप लगाउने कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।

खोप नेपाल प्रहरी, वीर, निजामती, परोपकार प्रसुती र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप लगाउने व्यवस्था रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

खोप १८ वर्षमाथिका सम्पूर्ण नागरिकहरुलाई लगाइने महानगरपालिकाले जनाएको छ ।

विहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउन पाइने छ ।

खोप लगाउन जाँदा परिचय खुल्ने फोटो सहितको परिचय पत्र र विद्युतीय दर्ता नम्बरसहित नजिकको खोप केन्द्रमा गई भिडभाड नगरी खोप लगाउन महानगरपालिकाले अनुरोध गरेको छ ।