
काठमाडौं, असोज २१ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले राज्यको नीति निर्माणमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवा र शैक्षिक माफियाहरुको हस्तक्षेप रहेको दाबी गर्दै तत्काल त्यस्तो कार्य रोक्न आग्रह गर्नुभएको छ ।
डा. केसीले बिहीबार निकालेको विज्ञप्तिमा सरकारले आगामी कार्तिक २५ गते मेडिकल माफियाहरुको स्वार्थ पुर्तीका लागि चिकित्सा शिक्षा आयोगको वैठक बोलाउन लागेको दाबी गर्दै सो बैठक समेत रोक्न माग गरिएको छ ।
चिकित्सा शिक्षा ऐनका प्रावधान अनुसार नसिङ् लगाएका विषय पढाउने कलेजहरुवारे निर्णय र सिटिइभिटीका उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीलाई बर्खास्त गर्न समेत माग गरिएको छ ।
यस अघि सरकारले आफुहरु सँग गरेको सम्झौता कार्यन्ययन गरी चिकित्सा शिक्षा ऐन संसोधन गर्दा अध्यक्ष प्रधानमन्त्री र सहअध्यक्ष शिक्षा र स्वास्थ्य मन्त्री हुने व्यवस्था हटाएर कार्यकारी उपाध्यक्षलाई नै अध्यक्षताको जिम्मेवारी दिने व्यवस्था मिलाउन समेत प्रेस विज्ञेप्ती मार्फत डा. केसीले आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्