१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सञ्चार मन्त्रालयलाई देखिने मन्त्रालयको रुपमा बनाउने : सञ्चारमन्त्री कार्की


0
Shares

काठमाडौं, असोज २२ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफ्नो मन्त्रालयलाई देखिने मन्त्रालयको रुपमा अगाडि बढाउन आफूले सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताउनु भएको छ ।

शुक्रबार साँझ मन्त्रालयको पदभार ग्रहण गरेपछि मन्त्री कार्कीले मन्त्रालयको कामलाई देखिने गरी सम्पादन गर्ने काममा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिवद्धता जनाउनु भएको हो । उहाँले त्यस काममा मन्त्रालयका सबै कर्मचारीहरुको सहयोग रहने विश्वास समेत व्यक्त गर्नुभयो ।

नवनियुक्त मन्त्री कार्कीले वर्तमान सरकारले प्रेस स्वतन्त्रताको सदैव सम्मान गर्ने पनि बताउनुभयो । स्वतन्त्र प्रेसले नै लोकतन्त्रको रक्षा गर्छ भन्ने मान्यतामा वर्तमान सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै उहाँले समाजको अपेक्षा अनुसार आफू अघि बढने र त्यसमा मन्त्रालयका सचिवसहितका सबै कर्मचारीहरुको पनि उत्तिकै सहयोग पुग्ने अपेक्षा समेत गर्नुभयो ।

मन्त्री कार्कीले जनताको सूचनाको हकलाई प्रत्याभूति हुने गरी काम गर्ने बताउनुभयो ।