८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


भेडेटार फुड फेस्टिबलमा ७० लाख बढीको कारोबार


0
Shares

धनकुटा, पुस १७ । धनुकटामा आयोजित ८ औं भेडेटार फुड फेस्टिबलले करिब ७० लाख रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार गर्दै बिहीबार (आज) सम्पन्न भएको छ ।

पर्यटकियस्थल भेडेटारमा पुस १६ गते देखि सञ्चालन भएको फेस्टिबलमा भारत र आन्तरिक गरी २० हजारभन्दा बढि पर्यटकहरुले अवलोकन गरेका छन् ।

झाँकी र साँस्कृतिक कार्यक्रमले आर्कषण थपिएको फेस्टिबलमा विभिन्न जातीय खाना, घरेलु उद्योगका सामग्रीहरु, फलफुललगायतको व्यापार राम्रो भएको आयोजकले जनाएको छ ।

यस्तै, भेडेटारमा रहेका साना र ठुला गरी करीब ७० वटा होटलले फेस्टिबलमा न्यनतम ५० हजार देखि २ लाख सम्म कारोबार गरेको जनाइएको छ ।