१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धोबी र कुर्मीको हत्यामा संलग्नलाई तत्काल कारबाही गर्ने : गृहमन्त्री खाँण


0
Shares

काठमाडौं, असोज २४ । गृहमन्त्री बालकृष्ण खाँणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कानूनी कारबाही अगाडि बढाउने बचन दिनु भएको छ ।

आइतबार सिंहदरबारमा पुगेका महिला अधिकारकर्मीहरुको ज्ञापन पत्र बुझ्दै खाँणले पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

भेटपछि महिला सुरक्षा दवाव समूहकी सुशीला श्रेष्ठले दोषीमाथि कडा कारबाही गरी पीडितलाई न्याय दिन सरकारलाई दवाव दिनु परेको जानकारी दिनुभयो ।

न्यायको याचना गर्दै काठमाडौं आई शान्तिपूर्ण प्रर्दशन गरिरहेका महिला अधिकारकर्मीहरुलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको भन्दै तत्काल रिहा गर्न पनि महिला अधिकारकर्मीहरुले माग गरेका छन ।