
काठमाडौं, असोज २४ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको विजेताले १.६ मिलियन अमेरिकी डलर पुरस्कार पाउने भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आइतबार विजेताले पाउने पुरस्कार रकम घोषणा गरेको हो ।
जसअन्तर्गत विजेताले १.६ मिलियन पाउने छन् । यस्तै उपविजेताले ८ लाख अमेरिकी डलर पाउने छन् । सेमिफाइनल पुग्ने टोलीले ४ लाख अमेरिकी डलर पाउने छन् ।
प्रतियोगितामा समग्र पुरस्कार राशि ५.६ मिलियन डर रहनेछ । सुपर १२ का खेलमा हरेक जितमा बोसन बापत ४० हजार डलर प्राप्त गर्नेछन् । पहिलो चरणको कुल १२ खेलमा विजेताले समान ४० हजार डलर प्राप्त गर्नेछन् । सुपर १२ बाट बाहिरिने ८ टोलीले समान ७० हजार डलर प्राप्त गर्नेछन् ।
पहिलो चरणबाट बाहिरिने चार टोलीले समान ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । पहिलो चरणबाट हरेक समूह शीर्ष दुई–दुई टोलीले सुपर १२ मा स्थान बनाउने छन् । समूह ए र बी मा समान चार चार टोली छन् । सुपर १२ मा दुई समूहमा ६–६ टोली विभाजन गरिएको छ । सुपर १२ का खेलपछि समूह ए र बीबाट शीर्ष दुई दुई टोली सेमिफाइनलमा स्थान बनाउनेछन् ।
टी–ट्वान्टी विश्वकप युएई र ओमानमा अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म संयुक्त रुपमा आयोजना हुँदैछ । विश्वकपमा १६ टिमको सहभागिता रहनेछ ।
प्रतिक्रिया दिनुहोस्