
कैलाली, असोज २५ । समिट एयरको जहाजमा समस्या आएपछि धनगढी विमानस्थल अवरुद्ध भएको छ ।
धनगढीबाट बाजुरा जाने समिटको जहाजको टायरमा खराबी आएर जहाज उडन नसकेपछि विमानस्थल अवरुद्ध भएको हो ।
सो जहाजको टायरमा समस्या आएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताउनुभयो ।
टायरमा खराबीका कारण सो जहाज उड्न नसकेर धावनमार्गमा रोकिएपछि अहिले धनगढी विमानस्थल अवरुद्ध भएको छ । सो विमानका कारण यहाँबाट काठमाडौंका लागि उड्ने श्री एयरलाइन्सको जहाज पनि उड्न पाएको छैन ।
समिट एयरको जहाज ग्राउण्डेड भएको र धावनमार्गबाट हटाउने प्रयास भइरहेको प्रमुख भट्टले बताउनुभयो । ‘पाइलटले इन्जिनीयरसंग सल्लाह लिइरहनु भएको छ । सम्भवतः केही समयमा अवरोध हट्छ होला’, बताउनुभयो ।
जहाज उड्न नसकेपछि काठमाडौंबाट केही समयमा धनगढी आउने बुद्ध एयरको जहाजको उडान पनि प्रभावित हुने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्