
दिपेन्द्र अधिकारी
काठमाडौं, असोज २५ । ५० अर्बको फिल्म क्षेत्र दुई वर्षदेखि ठप्प रहेकोमा फेरि चलायमान हुने कोशिसमा छ । फिल्म हल खुलेको औपचारिक जानकारी गराएपनि रिलिज क्यालेण्डर भने निर्माताले हल सञ्चालकलाई दिन सकेका छैनन् । साना बजेटका फिल्मले पर्दामा आँट गरेपनि ठूला फिल्मले भने पर्दामा आउने साहस जुटाउन सकेका छैनन् ।
फिल्म क्षेत्रमा आग्लो लाग्दा निर्माताको आधा अर्ब पनि फ्रिज भएर बसेको छ । दुई वर्षदेखि निष्क्रिय प्राय बनेकोे फिल्म उद्योगले विस्तारै लय समात्दै छ । तत्काल रिलिज हुने फिल्मलाई ७ लाखसम्मको राहत चलचित्र विकास बोर्डले दिनेछ । तर पनि दर्शक तान्ने ल्याकत राख्ने फिल्म पर्दामा आउन डराइरहेका छन् लगानी डुब्ने डरले । प्रेमगीत ३, चपली हाइट ३ लगायतका ४६ ओटा फिल्म फ्रिज भएर बसेका छन् । शुटिङमा जाने फिल्मको प्रोजेक्ट बीमा गर्ने योजना पनि अघि सारिएको छ । फिल्म हल गतिमा आउन अझै समय लाग्छ । हलमा स्वास्थ्य मापदण्ड अपनाइएकाले ढुक्क हुने वातावरण रहेको वान सिनेमा हल व्यवस्थापक उमेशराज गिरी बताउनुहुन्छ ।
त्यसैगरी फिल्म प्रदर्शनको योग्य वातावरण बनाइदिन निर्देशक शोभित बस्नेत आग्रह गर्नुहुन्छ ।
घटस्थापनाको दिनबाट फिल्म हल खोल्ने निर्माता संघ, चलचित्र संघ तथा चलचित्र बोर्डको निर्णय भए पनि नयाँ फिल्म नलाग्दा फिल्मी माहोल शून्य प्राय थियो । हल त खुल्यो तर ती हलमा के प्रदर्शन गर्ने भन्ने बारेमा सम्बन्धित निकाय मौन छ । न त फिल्म रिलिजको क्यालेण्डर सार्वजनिक भएको छ, न त निर्माताले लगानी सुरक्षित हुन्छ भन्र्दै ढुक्क हुने अवस्था छ । हल खुलेपनि स्टार भनिएका कलाकारहरुको चासो भने रहेको छैन । संकट मोचन गर्ने भन्दा पनि नेपाली रजतपट कुहिरोको कागझैं रुमल्लिएको छ ।
प्रतिक्रिया दिनुहोस्