१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पचली आजुको जात्रा सकियो


0
Shares

काठमाडौं, असोज २५ । किराँत कालिन पचली आजुको जात्रा काठमाडौंमा सम्पन्न भएको छ ।

आइतबार राती पचलीको पीठमा तान्त्रिक पुजा गरेपछि जात्रा सुरु भएको थियो । काठमाडौंको टेकुस्थित ७ वटा घाटबीचमा रहेको पचली आजुको पीठमा तान्त्रिक रुपमा पुजा गरेर नगर परिक्रमा गराईएको छ ।

लिच्छवीकालमा पीठको रुपमा र मध्यकालमा भैरवको रुपमा विकास भएको जात्रामा भैरव मूर्ति रहेको घ्याम्पोलाई खटमा राखी टेकु, गोफल, लगनटोल, जैसीदेवल, चिकमुगल, मरुगणेशस्थान हुँदै हनुमानढोका दरबारमा लग्ने गरिन्छ ।

देवी कुमारीलाई हनुमानध्वाखा दरवारमा जात्रा अवलोकनका गराईन्छ । रुद्र विनायक र नईअजिमा सहित पचली भैरवमा जात्रा गरेर यस वर्ष लगन टोलस्थित नाय् पाचोमा रहेको ज्यापु समुदायको घरमा भैरव मूर्ति र अजिमाको रुपमा पात्र प्रतिस्थापन गरिन्छ ।

आजको दिनलाई किराँतिहरुले उपत्यकामा राज्य सत्ता लिएको विजय उत्सव गरेको र दक्षिणकोलिय ग्रामको प्रमुख जात्राको रुपमा लिईन्छ