१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


गोरखाबाट पठाएको फूलपाती दशैंघरमा भित्र्याइयो


0
Shares

काठमाडौं, असोज २६ । गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमान ढोकास्थित दशैंघरमा भित्र्याइएको छ ।

दशैंको सातौं दिन गोरखा दरबारबाट पठाइएको फूलपाती शास्त्रीय विधिअनुसार हनुमान ढोकास्थित दशैंघरमा भित्र्याइएको हो ।

मंगलबार बिहान ८ः२५ को साइतमा गोरखा दरवारबाट निकालिएको फूलपाती अपरान्ह साढे ४ बजे बाजागाजासहित दशैँघरमा भित्र्याइएको हो ।

अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका र हलेदो फूलपातीका रुपमा दशैंघरमा भित्र्याइएको हो ।

नवपत्रिकाको नामले चिनिने फूलपाती नौ देवीको प्रतिकका रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार देवीको आराधना गर्ने र शक्ति ग्रहण गर्ने परम्परा रहेको ।

राज्य एकीकरणको अभियानमा पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय पाएपछि काठमाडौंलाई देशको राजधानी बनाएको र त्यसपछि गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमान ढोका ल्याउने प्रचलन शुरु भएको बताइन्छ ।