
काठमाडौं, असोज २७ । दशैं नमनाउने ललितपुरको खोकनामा सिकाली सिद्धिकाली गणको जात्रा मनाएका छन् ।
रुद्रायणी पनि भनिने सिकाली मन्दिरबाट सिकाली चौरमा रहेको पिठमा देवी गणहरु पुगेर तान्त्रिक पूजा सहित नाचगान गरिएको थियो ।
घटस्थापनाको दिन किराँती भेषमा कुमार केटाहरुलाई सिकाली चौरमा रहेको पिठमा लगेर विशेष पूजा गरिएको विश्वास गरिन्छ ।
सिकाली मन्दिर परिसरमा रुद्रायणी देवगणहरुले तान्त्रिक नृत्य गरेका थिए । जात्रामा रुद्रायणी, गणेश, भैरव, कुमारी, ब्रहमा, विष्णु, महेश्वर, इन्द्रायणी, बाराही, चामुण्डाकाली, महालक्ष्मी, कुमार, हनुमान र कुमार लगायत १४ देवदेवीको तान्त्रिक नृत्य प्रस्तुत गरेर सप्तमीको मध्यरातमा सम्पन्न गरिन्छ ।
देवगणहरुले मन्दिर भित्र वीरभद्र र महाकालीका रूपमा तान्त्रिक विधिबाट पूजा गरियो । दशैं नमनाउने खोकनाबासीले सिकाली जात्राकै समयमा आफन्त डाकेर भोजभतेर गर्छन् ।
प्रतिक्रिया दिनुहोस्