
काठमाडौं, असोज २८ । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनल खेलपछि नेपाल नफर्किने बताउनुभएको छ ।
मुख्य प्रशिक्षक अल्मुताइलरीले आफूले यसअघि नै राजीनामा दिएको बताउँदै भारतसँगको साफ च्याम्सिपयनसीपको फाइनल खेल नै आफ्नो अन्तिम खेल भएको बताउनुभएको हो ।
उहाँले बुधबार बंगलादेशसँगको १–१ गोलको बराबरीपछि आयोजित पत्रकार सम्मेलनमा साफ च्याम्पियनको फाइनलपछि नेपाल नफर्किने घोषणा गर्नुभएको थियो । उहाँले नेपालले फाइनल यात्रा तय गरेकोमा खुसी व्यक्त गर्दै पछिल्ला केही दिन आफूले तनावमा गुजारेको बताउनुभयो ।
मुख्य प्रशिक्षक अल्मुताइरीले भन्नुभयो, ‘आफ्नो कोचलाई सम्मान गर्नुपर्छ, हामी परिवार हौँ, हामी एउटै परिवारका सदस्य हौँ, तपाईहरुले यस्तो बोलेर खुसी मिल्यो र ? म्याच फिक्सिङ गर्यो भनेर तपाईहरु खुसी हुनुहुन्छ, तपाईहरुलाई गर्व महशुस भयो ? म कोच हो, के सोच्नुभएको छ ? के प्रतिक्रिया दिनुभएको छ ? मान्छेले मान्छेलाई सम्मान गर्नुपर्छ, म नोकर होइन, कोच हूँ, आउँदो फाइनल गेम मेरो नेपालका लागि लास्ट म्याच हुनेछ, म कहिल्यै नेपाल फर्किने छैन, पत्रकारहरुलाई म भन्छु मेरो आफ्नै इज्जत र प्रतिष्ठा छ ।’
मुख्य प्रशिक्षक अल्मुताइरीले माल्दिभ्सबाट सिधा कुवेत फर्किने बताउँदै उहाँले राजीनामा दिँदा आफू खुशी नरहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्