१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


पछिल्लो २४ घण्टामा थपिए ४५५ संक्रमित, ८ जनाको मृत्यु


0
Shares

काठमाडौं, असोज २८ । नेपालमा कोरोना भाइरसका ४ सय ५५ संक्रमित थपिएका छन् ।

६ हजार २ सय १४ जनाको परीक्षणबाट ७.३३ प्रतिशतमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

३ हजार ४ सय १८ पीसीआर परीक्षणबाट भने ११ दशमलव ६५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।

थपिएकामा काठमाडौंका १ सय ४७, रुपन्देहीका ५१, ललितपुरका ४९ । मोरङ्गका ३० तथा भक्तपुरका २० जना हुन् ।

८ सय ४ जना संक्रमणमुक्त भएका छन् । थप ८ जनाको मृत्यु भएको छ ।

योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ६९ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १३ हजार ८ सय ५३ रहेको छ ।