
तस्विर फाइल
काठमाडौं, असोज २८ । साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिनुभएको छ ।
सामाजिक संजाल ट्वीटरबाट बिहीबार राष्ट्रपति भण्डारीले साफको फाइनल पुगेर राष्ट्रिय गौरव हासिल गरेको उल्लेख गर्दै नेपाली टोलीलाई बधाई दिनुभएको हो ।
श्रीलंकामा बुधबार बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल फाइनल पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्