१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सुस्तायो खसीबोकाको व्यापार, लगानीनै डुबेको व्यवसायीको गुनासो


0
Shares

मिरा बस्नेत
काठमाडौं, असोज २८ । नेपालको सबभन्दा ठूलो चाड दशैं सुरुभएसँगै काठमाडौं उपत्यकामा पनि दशैंकै लागि खसीबोका किन्नेहरुको निकै चहलपहल हुन्छ । दशैंको समयमा भ्याई नभ्याई हुने व्यापारिहरु यो वर्ष विगतका वर्षहरुमा भन्दा फुर्सदीला देखिन्थे । गत वर्षको तुलनामा यस वर्ष खसी बोकाको व्यापार सुस्ताएका व्यापारीको गुनासो छ ।

दशैं भन्ने बितिक्कै मानसपटलमा नयाँ कपडा र माछामासुको परिकार झल्किन्छ । ठूलो जनघनत्व भएको काठमाडौं उपत्यकामा दशैंमा खसि बोकाको अभाव हुन नदिन हरेक वर्ष सरकार र निजि क्षेत्रले एक महिना अधि देखिनै तयारी सुरु गर्छन । दशैं सुरु भएसँगै काठमाण्डौमा विभिन्न जिल्लाबाट खसि बोका बिक्रि गर्न आउनेहरुको भिड पनि उत्तिकै हुने गर्छ । दशैंको पहिलो दिन घटस्थापनादेखि नवमीको दिनसम्म पनि खसि बोका बजाारमा व्यापक भिडभाड हुने गर्दथ्यो भने दशैंमा खसी बोका अभाव समेत हुन्थ्यो । तर यो वर्ष भने विगतका वर्षहरुमा जस्तो खसी बोकाको विक्री नभएको गुनासो व्यवसायीहरुको छ ।

यो वर्ष काठमाडांै उपत्यकामा गत वर्षको भन्दा धेरै धेरै खसि बोका भित्रिएका छन् भने मुल्य पनि गत वर्षको तुलनामा कम छ । तर पनि बजार मा खसि बोका किन्नेहरु भने खासै छैनन् । गत वर्ष कोरोना माहामारीका कारण निषेधाज्ञा नै भए पनि धेरै जसो काठमाडौंमा नै भएकालेक विक्रि धेरै भएको भन्दै यो वर्ष धेरैले उपत्यका छाडेकाले पनि विक्रीमा कमी आएको हुन सक्ने आँकलन पनि व्यवसायीको छ ।

काठमाडौं चौपाया खरिद प्रालीका अनुसार विगतका वर्षमा दशैंमा मात्र काठमाडौं उपत्यकामा ६० हजारको हाराहारीमा खसि बोका खपत हुने गर्दथ्यो । गत वर्षको दशैंमा बिक्री वितरण धेरै भएकोले पहिलेकै अनुपातमा बिक्रि हुने अनुमानले यस वर्ष पनि धेरै खसि बोका माग गरिएको थियो । तर पहिलेको तुलनामा यो वर्ष बिक्री नभएको र व्यापारी हरु पनि आफुले घाटा व्योहेरेर भएपनि विक्री गर्न बाध्य छन् ।

अलिअलि नाफाको जोहो गरेर जहान परिवारको मुखमा माड पु¥याउने सपना पूरा हुन नसकेको भन्दै दुखी बनेका खसी व्यापारी लगानी समेत नउक्सिएको भन्दै पीडा पोख्छन् ।