१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आकाश भैरवको पूजा सकियो


0
Shares

काठमाडौं, असोज २९ । काठमाडौंको इन्द्रचोकमा रहेको आकाश भैरवको चालँ पूजा सम्पन्न भएको छ ।

विजयादशमीको दिन आकाश भैरवमा रहेको नाटेश्वरको अमूर्त मूर्तिलाई तान्त्रिक रुपमा पूजा गरेर नगर परिक्रमा समेत गरिएको छ ।

परम्परागत साँस्कृतिक बाजागाजाका साथ ठाउँ ठाउँमा भैरव र पीठ पूजासमेत गरिएको थियो ।

नगर परिक्रमा पछि काठले बनेको नाटेश्वरको अमूर्त मूर्ति आकाश भैरवको मन्दिरमा लगेर विशेष पूजा गरी भित्रयाईएको थियो ।