
तस्बिर फाइल
काठमाडौं, असोज ३१ । दुई हप्तादेखि कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन ।
झडापखालाका कारण अहिलेसम्ममा कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ वडाका गरी चार जनाको मृत्यु भैसकेको छ ।
उपचारका लागि दिनहुँ दुई दर्जन भन्दा बढी झाडापखालाका बिरामी आउने गरेको स्थानीय शिवराज अस्पतालले जनाएको छ । १९ जना त अस्पताल भर्ना भई उपचाररत छन् ।
हालसम्ममा ८ सय ७४ जना झाडापखालाका बिरामी उपचारका लागि अस्पताल आइसकेको तथ्यांक छ ।
यो निजी स्वास्थ्य केन्द्रमा गएका बिरामी बाहेकको संख्या हो । निजी स्वास्थ्य केन्द्रमा पनि उपचारका लागि झाडापखलाका बिरामीहरु भर्ना भएका छन् ।
दूषित पानी र सरसफाईको अभावका कारण झाडापखाला फैलिएको प्रारम्भिक अध्ययनले देखाएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्